loading

Category: Blog

  • Home
  • Category: Blog

शिववासफलविचारः ज्ञान

कार्यविशेषमा शिववास जुराई रुद्री गर्ने गरिन्छ । रुद्री नित्य, नैमित्तिक र काम्यकर्ममा गरिन्छ । नित्य एवं नैमित्तिक कार्यमा रुद्रि जुराउनु पर्दैन । दैनिक शिवपूजा एवं रुद्री पाठका निम्त जुराउनु पर्दैन यस्तो कार्य नित्यकर्म अन्तर्गत पर्ने गर्दछ । नैमित्तिक अर्थात् शिवरात्रि, शुद्धशान्तिका कार्यमा गरिने रुद्री नैमित्तिकमा पर्दछन् । विशेष फलको कामना राखी विधिपूर्वक गरिने कार्यका निम्ति भने रुद्री जुराउनु पर्दछ । दिनको आरम्भ सूर्योदयबाट हुन्छ । सूर्योदयको समयलाई जुन तिथिले छुन्छ त्यही तिथिले त्यो दिनको प्रतिनिधित्व पनि गर्दछ ।
रुद्री वा शिववास जुराउदा पनि उदय तिथिलाई लिनुपर्छ । गुरु शुक्र अस्त, मलमास विश्वघस्रपक्षमा जुराएर गर्नुपर्ने रुद्री निषिद्ध छन् । यस्ता दिनमा रुद्री जुरे पनि काम्य कर्मको रुद्री गर्नुहुँदैन । फल मिल्दैन । । शास्त्रमा शिववास कहाँ छ भनेर त्यसको गणना गर्ने विधि र त्यसको फलका बारेमा विस्तृत रूपमा बताएको पाइन्छ । त्यसकारण हामीहरू शास्त्र अनुकूल हिड्नु पर्दछ ।
गणनासूत्रम्:- तिथिञ्च द्विगुणीकृत्य पञ्चभिश्च समन्वितम् । सप्तभिश्च हरेद्भागं शिववासफलं लभेत् ॥
शिववास:- एके कैलाशवासः स्याद्वितीये गौरीसन्निधौ । तृतीये वृषभारूढः सभायाञ्च चतुर्थके ॥ पञ्चमे भोजने चैव षष्ठे क्रीडारतस्तथा । श्मशानेऽद्री तथा शेषे शिववासफलं भवेत् ॥
फलम्:- कैलाशे तु भवेत्सौख्यं गौर्यङ्के च सुखप्रदम् । वृषारूढे च श्रीप्राप्तिः सभा सन्तापकारिणी ॥ भोजने भोजनप्राप्तिः क्रीडा सन्तानहारिणी । श्मशाने मृत्युमाप्नोति शिववासफलं लभेत् ॥ ॥ ।त्त्योतिथिलाई दुईले गुणन गरि पाँच जोडेर आउने योगफललाई सातभाग गरेर शिववास जुराइन्छ । १ शेष आउँदा शिवकाे वास कैलाशमा, २ शेषमा शिवकाे वास गाैरीसन्निधिमा, ३ शेषमा वृषभारुढ अवस्थामा , ४ शेषमा सभामा, ५ शेषमा भोजनमा, ६ शेषमा क्रिडामा हुनुहुन्छ भने ० शेषमा श्मसानमा रहनुहुन्छ ।
शिवको वास कैशालमा भएको अवस्थामा रुद्राभिषेक सुख हुन्छ, गाैरीसन्निधिमा रहेको अवस्थामा पनि सुख हुन्छ, वृषारुढ भएकोअवस्थामा श्रीप्राप्ति हुन्छ, सभामा रहेको अवस्थामा सन्ताप दिने हुन्छ भने भोजन मा रहेको अवस्थामा भोजन प्राप्ति हुन्छ त्यस्तै क्रीडामा रहेको अवस्थामा सन्तानलाई कष्ट प्रदान गर्ने हुन्छ भने, श्मसानमा रहेको अवस्थामा मृत्युतुल्य कष्ट दिने हुन्छ । त्यसैले शिववास जुराएर रुद्राभिषेक गर्नु उत्तम हुन्छ । इति शिववासफलविचारः
X