हाम्रो बारेमा जान्नुहोस्
स्कार रीतिरिवाज, परम्परा र धर्म मानव जीवनका अमूल्य आधारहरू हुन् । जहाँ सभ्य मानव समाज रहन्छ, त्यहाँ आफ्ना रीतिरिवाज संस्कार आदि कुराहरू रही रहेका हुन्छन् । यीनै संस्करले हामीलाई बसुधैव कुटुम्भकम् भन्दै एक मालामा रहेर बाँच्न सिकाउँछ । संसारमा मनुस्य जातीको आफ्नो महत्त्व छ । मनुस्य जातीको चार पुरुषार्थहरू धर्म अर्थ काम मोक्ष चारै कुराको प्राप्ती केवल धर्मको पालनाबाट मात्र गर्न सकिन्छ । यसको पालना गर्नु नै मानवको कर्तव्य हो ।जसरी सूर्य, चन्द्र, जल, पृथ्वीको आआफ्नो धर्म छ । मनुष्यको पनि सोही प्रकारको धर्म पालना गर्नु नै मनुष्य चोलाको सार हो । शास्त्रमा बताइएको धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः अर्थात् धर्मको नाश भएमा मनुष्य जीवन मा नै हानी गर्छ तसर्थ आफ्नो रक्षा पहिचानका लागि धर्म, संस्कार, परम्परालाई पालना गर्न उचित रहन्छ।
Contact Our Expert Astrologers
+ (1) 857 333 9197