loading

अन्नप्राशन

  • Home
  • अन्नप्राशन
अन्नप्राशन (पास्नी )मुहूर्तहरु :-

वैशाख :- 11,14,20
जेठ :-3,8,10,15,26
असार:-6,20
साउन:-3,8,12,18,29
असोज :-4,10,17
कार्तिक :- 9,16
मङ्‌सिर :-13,21,29
पुस :-6
माघ :-3,17
फागुन :-10,16,25,30
चैत्र :-14,28
अन्नप्राशन भनेर जन्मेको बालक लाई सर्वप्रथम अन्न(भात) खुवाइने संस्कारलाई भनिन्छ । आमाको दुधसँगै सुपाच्य पौष्टिक अन्न पनिशिशुलाई छैठौँ महिनामा खुवाउन सुरु गर्नु पर्दछ – मासे षष्ठेऽन्नप्राशनम् । यो संस्कार सामान्यतः छोराको जोर अर्थात् जन्मेको छैठौँ वाआठौँ महिनामा र छोरीको बिजोर अर्थात् पाँचौँ वा सातौँ महिनामा शास्त्रोक्त विधिबाट गरिन्छ ।

विशेष रूपमा यस दिनमा प्राकृतिक षडरस खुवाउने हाम्रो शास्त्रगत प्रमाण छन्। जसमा नुनिलो नुन, गुलियो मह, अमिलोको लागिकागती, पिरो खुर्सानी, तितो टर्रो विशेष रहन्छन्। साथै त्रिमधु घ्यू मह चिनी सर्वप्रथम खुवाउने र अन्य परिकार खुवाउन पर्दछ। जसमाअधिकार सर्वप्रथम आमाको रहन्छ र त्यसपछि क्रमशः अभिभावकले खुवाउनु पर्दछ। शुभ समयमा पान गरिएको अन्न अमृत समान रहन्छतसर्थ बालक जन्मनक्षत्र समयको अनुसार विज्ञ गुरुबाट शुभ साइतमा अन्नप्रान गर्ने कार्य गर्दा उत्तम रहन्छ। शुभ साइत निकाल्न परेमासाथै कुनै कार्य गर्नुपरेमा र सामाग्री आवश्यक परेमा हामीलाई सम्झनुहोला ।
X