loading

शिव आरति

  • Home
  • शिव आरति

शिव आरति

ॐ जय शिव शङ्कर शम्भो, जय गिरिजाधीश, शिव० । जय जय करुणासागर-२ पशुपति जगदीश, ॐ हर हर हर ॥ गिरि कैलाशनिवास छ, गण छन् सहचारी शिव० । मुण्डमाला छ गलामा - २ रुप छ भयहारी, ॐ हर हर हर ॥ डमरू त्रिशूल शुशोभित, प्रभुका दुईकरमा, शिव० । भूषण नाग विराजित - २ बाघाम्बर तनमा, ॐ हर हर हर ॥

तीन नयनमा थरि थरि, ज्योति छ दिव्य सदा, शिव ।

वाहन वृषभ मनोहर-२ संगमा छन् गिरिजा, ॐ हर हर हर ॥ भस्म विलेपन सुन्दर, शिरमा चन्द्रकला, शिव० । कल कल बग्छन् हर्दम-२गङ्गा पुण्यजला, ॐ हर हर हर ॥ ब्रह्मा विष्णु महेश्वर, प्रभुका रुप सबै, शिव० । सृष्टि स्थिति लय सब हुन्-२ शिवलीला प्रभुकै, ॐहर हर हर ॥ वेद पुराण थकित छन्, प्रभुको वर्णनमा, शिव । कण कण व्यापक प्रभुको -२ महिमा त्रिभुवनमा, ॐ हर हर हर ॥ सुरनरमुनि सब प्रभुकै, निशिदिन ध्यान गरी, शिव । परमानन्द मगन भै-२ जान्छन् पार तरी, ॐ हर हर हर ॥ सच्चिदानन्द परात्पर, सज्जनहितकारी, शिव० । जय जय साम्बसदाशिव - २ जय जय त्रिपुरारी, ॐ हर हर हर ॥

X